रोनाल्डोले विश्वकै बेस्ट प्लेयर अवार्ड पाएकै दिन आफ्नै देशमा मेस्सीको मुर्ति तोडफोड

लाइट नेपाल

ब्युनोस आयर्स, २६ पुस । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको मुर्ति तोडफोड गरी ध्वस्त बनाइएको छ ।  अर्जेनिटनाको राजधानी ब्युनोस आयर्समा स्थापना गरिएको उक्त मुर्ति अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएको हो ।

कोपा अमेरिकाको फाइनलमा पराजय पश्चात सन्यासको घोषणा गरेका मेस्सीलाई पुनः टोलीमा फर्काउन आग्रहसहित सन् २०१६ मा सहरका मेयर होरासियो रोड्रिगेज लारेटाले अनावरण गरेका थिए । रियो डि ला प्लाटाको तटमा रहेको उक्त मुर्तिको कम्मरमाथिको भाग भाँचिएको छ ।


उक्त मुर्तिको पुनःनिर्माण शुरु गरिएको सहरका मेयरले जानकारी दिएका छन् । यसअघि क्रिस्टियानो रोनाल्डोको मुर्तिमा पनि मेस्सीका समर्थकले तोडफोड गरेका थिए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com