मेस्सीले जोगाए बार्सिलोनालाई, तर रियलभन्दा अझ पछि पर्यो

लाइट नेपाल


बार्सिलोना, २५ पुस । लियोनेल मेस्सीले अन्तिम मिनेटमा फ्रिकिक मार्फत बराबरी गोल गर्दै बार्सिलोनालाई भिल्लेरियालसँग पराजित हुनबाट जोगाएका छन् । तर, बराबरीसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ५ अंकले पछि परेको छ ।
३९ खेलमा अपराजित रहँदै बार्सिलोनाको किर्तिमान बराबरी गरेको रियलको ४० अंक रहेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ अंक रहेको छ । रियलले बार्सिलोनाभन्दा १ खेल कम खेलेको छ ।
सिजनको १४ औँ गोल गर्न अघि मेस्सीको प्रहार पोस्टमा लागेको थियो भने उनको अर्को प्रहार भिल्लेरियालको डिफेन्डर ब्रुनोको हातमा लागेपनि पेनाल्टी दिइएन ।
यसअघि, निकोला सानोसेले अलेक्जान्डर पाटोको पासमा खेलको ४९ औँ मिनेटमा गोल गर्दै भिल्लेरियाललाई अग्रता दिलाएका थिए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com