इजरायलमा विभिन्न जातीय संघसस्था नाममा होस् या विभिन्न पार्टीका सङ्गठनका नाममा होस् नेपालीहरू बीच एकआपसमा भाइचाराको सम्बन्ध पनि टाढिएको बेला पछिल्लो समय फुटबलले सम्बन्ध जोड्दै

लाइट नेपाल
मिति : Monday, January 9th, 2017

सुर्य बस्याल इजरायल । “नेपाली नेपालीहरु बिचको भाईचारा, सद्भाव तथा स्वास्थ्यका लागी फुटवल” भन्ने मुल नाराका साथ इजरायलमा आगामी हप्ता ‘नयाँबर्ष २०१७ कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको आयोजक सेभेन स्टार फुटवल टिम इजरायलले सुक्रवार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

तस्बिर भिम ओडारी

इजरायलमा रहेका नेपाली र नेपालीभाषीहरु बीच आपसी सद्भभाव, भाईचारा बिकास गर्ने मुख्य उद्देश्यले खेलको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । अंग्रेजी नयॉं वर्ष २०१७ कपको नामले हुन लागेको प्रतियोगिता यहि जनवरी १३ र १४ तारीखमा इजरायलको रमतअबिव मिनि स्टडियमा हुने भएको छ । पत्रकार सम्मेलनमा खेलको नियम, खेल तालिका, समय, आयोजक, प्रायोजक तथा अन्य सबैकुराको जानकारी आयोजकले गराएको थियो । त्यस्तै, आयोजक सेभेन स्टार फुटवल टिमलाई प्रायोजक गरेको हाम्रो दमक डटकमले एनआरएन इजरायलका अध्यक्ष दिपक ओलीको हातबाट प्रतियोगिताको खेल जर्सी पनि हस्तान्तरण गर्दै सार्वजनिक गरेको छ ।

तस्बिर भिम ओडारी

इजरायलमा रहेका अधिकतम पत्रकारहरु, खेलप्रेमी तथा यस पटकको प्रतियोगितामा भाग लिएका फुटवल टिमका प्रतिनिधि तथा खेलाडीहरुको बीचमा आयोजकले खेल तालिका पनि सार्वजनिक गरेको छ ।

जसअन्तर्गत सबैको सहमतिमा गोलाप्रथाबाट खेल तालिका तयार गरिएको थियो । जम्मा ८ वटा फुटवल टिमले सहभागी जनाउने यो पल्टको प्रतियोगितामा समूह एमा माम्स, एनआरएन इजरायल, सेभेन स्टार निलो र कायापटल परेका छन् भने समूह बिमा शेर्पा समाज, किरात याकथुङ चुमलुङ। समूह सीमा फ्रेन्ड्स क्लव र सेभेन स्टार  परेका छन् । जनवरी १३ मा हुने प्रतियोगिताको पहिलो खेल समूह ए अन्तर्गत माम्स र एनआरएन इजरायल बीचहुने छ भने क्रमस: दोश्रो खेल किरात याकथुङ चुमलुङ र सेभेन स्टार , तेस्रो खेल झापाली समाज इजरायल र कायापटल साथै चौथो तथा अन्तिम खेल फ्रेन्ड्स र शेर्पा समाज बीच पहिलो चरणका प्रतियोगिताहरु हुनेछन । ‘बिगतमा इजरायलमा भएका प्रतियोगिताहरु भन्दा निक्कै फरक र पहिलो पल्ट ग्रास ग्राउण्ड स्टेडियममा हुन गईरहेकोले इजरायलमा रहनुभएका सम्पुर्ण खेल प्रेमी, पत्रकार, विभिन्न संघ संस्थाहरुलाई उपस्थित भई खेललाई भब्य बनाउन सहयोग गर्नुहुन अनुरोध छ’। आयोजकले अनुरोध गरेको छ । साथै खेलाडी र खेलप्रेमीहरुको असुविधालाई मध्यनजर गर्दै तेलअबिवको लेवेन्सि पार्कबाट प्रतियोगिता स्थलसम्म जानको लागी यातायातको ब्यवस्था पनि गरिएको आयोजक टिमका संयोजक सुन्दर नेपालले पत्रकार सम्मेलनमा बताए ।

इजरायलमा बिभिन्न जातीय संघसस्था नाममा  होस् या बिभिन्न पार्टीका सङ्गठनका नाममा  होस्  नेपालीहरु बीच एकआपसमा भाइचाराको सम्बन्ध पनि टाढिएको बेला पछिल्लो समय फुटबलले एक आपसमा सबैलाई मिलाउने ठुलो माध्याम पनि बनेको छ |  इजरायलमा अहिले सबै ठाउँका नेपालीभाषीहरु एकै ठाउँमा मिलेर फुटबल खेलेको देख्दा जो कोहिले सजिलै संग मूल्यांकन गर्न सकिन्छ ।

 

 

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com