दिपशिखाका नवीनलाई तेस्रो कर्पोरेट फुल रेस प्रतियोगिताको उपाधी

लाइट नेपाल

काठमाडौं, २३ पुस । तेस्रो कर्पोरेट फुल रेस प्रतियोगिताको उपाधी दिपशिखा व्वाइज युनाइटेड क्लब मन्थली,रामेछाप का नबिन अधिकारिले जितेका छन् । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड द्वारा संचालित तेस्रो सस्करण अन्तरगतको कर्पोरेट फुल रेस प्रतियोगितामा ब्रोकर न.४१ लिन्च स्टक मार्केट का नवीन अधिकारी ले १५० प्रतिशप्रधिलाइ उछिन्दै प्रथम स्थान हासिल गरे । भृकुटीमण्डप बाट सुरु भएको रेसमा शहिदगेट-सुन्धारा -जमल-राजदरबार-दरबार मार्ग-रत्नपार्क-पुरानो बसपार्क पुन भृकुटीमण्डपमा आएर समापन भएको थियो । गतवर्ष को सस्करण मा समेत उनि दितिय स्थान हासिल पारेका थिए ।  
रामेछापको सदरमुकाम मन्थलीको दिपशिखा व्वाइज युनाइटेड क्वब मा उनी स्थापना कालदेखि नै फुटबल, दौड, ब्याडमिन्टन तथा विभिन्न खेलमा समेत आफुलाइ अब्बल देखाउने खेलाडी मा पर्छन् । स्थापना देखि नै सक्रिय सदस्य समेत रहेका छन । अधिकारी भन्छन–‘यो उपाधिको स्रेय म मेरा आमाबुबा र मेरो क्वब दिपशिखा लाइ दिन चाहन्छु । साथै लिन्च स्टक मार्केट लाई हार्दिक आभर प्रकट गर्दछु ।’

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com