Light Nepal

अब ह्वाट्सएपको ग्रुप च्याटमा जोड्न सकिन्छ २५६ जना

केही समयअघि मात्र आफ्नो सर्भिसलाई निशुल्क बनाएको इन्स्ट्यान्ट मेसेजिंग तथा भ्वाइस कलिंग एप ह्वाट्सएपले एक नयाँ फिचर थप गरेको छ ।
ह्वाट्स एपको ग्रुप च्याटमा अब तपाइँले २ सय ५६ जना सम्मलाई एड गर्न सक्नुहुनेछ । यसअघि ग्रुपच्याटमा केवल १ सय जना सम्मलाई मात्र राख्न सकिन्थ्यो । सुरुवातमा ग्रुप च्याटमा केवल ५० जना सदस्य मात्र जोड्न सकिन्थ्यो । सन् २०१४ को अन्त्यतिर त्यसलाई दोब्बरले बढाएर १ सय पूराइएको थियो ।

whatsapp
ह्वाट्सएपको यो अपडेटेड भर्सन अहिल्यै गुगल प्ले स्टोरमा भने उपलब्ध छैन । किनकी यो परीक्षण संस्करण अर्थात् बिटा भर्सन हो । तर अहिल्यै तपाइँ यो अपडेटेड एपको स्वाद लिन चाहनुहुन्छ भने ह्वाट्सएपको होमपेजमा गएर डाउनलोड गर्न सक्नुहुन्छ ।
स्मरण रहोस् जनवरीमा ह्वाट्सएपले आफ्नो सेवालाई निशुल्क बनाएको थियो । यसमा ह्वाट्सएपले निकट भविष्यमै भिडियो कलिंग फिचर पनि थप गर्ने चर्चा समेत रहेको छ । केही समय पहिले ह्वाट्सएपको भिडियो कलिंग भर्सनको स्त्रिmनसट समेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्