Light Nepal

ट्विटर परीवर्तन गर्दै टाइमलाइन

twwitterकाठमाडौँ, २७ माघ ।

सामाजिक संजाल ट्विटरले फेसबुकको जस्तै टाइमलाइन सुरु गर्ने योजना बनाएको छ । ट्विटरले आगामी सातादेखि २३ देशमा फेसबुक शैलीको एलगोरिदमिक टाइमलाइन सुरु गर्ने तयारी गरेको हो ।

ट्विटरको साइट धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्याउन कम्पनीले यसो गरेको बताइएको छ । नयाँ टाइमलाइनमा प्रयोगकर्ताले सबैभन्दा धेरै के हेर्न चाहन्छन् भन्ने आधारमा ट्विटको क्रम मिलाइने बताइएको छ ।

अन्तर्रा्ष्ट्रिय समाचारमाध्यमका अनुसार यस विषयमा ट्विटरका उत्पादन प्रबन्धक पल ल्याम्बर्टले भने,‘हाल ट्विटरमा व्यक्तिगत ट्विट देखिन्थे, तर साइन इन नगरीकन ट्विटरमा भइरहेका कुराहरु हेर्न र भेट्न मुस्किल थियो । तर अब प्रयोगकर्ताले नयाँ खबरहरु आदिका बारेमा जान्न कठिन हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्