Light Nepal

कलियुग !

कल्पना खरेल 

कलियुग !

परपुरुषसँग माया प्रेम गासेको छ !

परस्त्रीसँग माया प्रेम गासेको छ ।

पारपाचुकेले चरम सीमा नै नाघ्दा,

हाम्रो परम्परालाई नै मासेको छ !!

 

कलियुगमा हित पनि फाटेको छ !

अनायसै चित्त पनि फाटेको छ ।

मानवभित्र नै आत्मियता हराएर,

मनहरु जहाँ त्यहिँ फाटेको छ ॥

 

कोही रक्सीको नसाले मातेको छ

कोही पैसाको नसाले मातेको छ ।

समाज जताततै नै भद्रगोल हुँदा,

हाम्रो संस्कार बिग्रिन आटेको छ ॥

 

आधुनिकताले समाज भाँडेको छ !

अनेकौ विकृतिहरुले जरा गाडेको छ ।

सनातन हाम्रा राम्रा परम्पराहरुलाई,

तल जरादेखि नै उखलेर फालेको छ !

 

प्रतिक्रिया दिनुहोस्