Light Nepal

खड्काले गरे आमाको पुण्य तिथिमा शैक्षिक सामाग्री वितरण

साफेबगर नगरपालिका ११ देबिस्थान स्थित हंस बाहिनी माबी देबिस्थानमा अध्ययनरत टु’हुरा विद्यार्थीहरुलाई झोला तथा शैक्षिक सामाग्री बितरण गरिएको छ । देबिस्थान स्थायी घर भइ हाल मलेसियामा रहनु भएका दिनेश खड्का खप्तडिले स्व’र्गीय धना देवी खड्काको बार्षिक पु’ण्य ति’थिको अबसरमा हंश बाहिनी मावि देवीस्थानमा कक्षा १ देखी १० कक्षा सम्म अध्ययन गर्ने टु’हुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण वितरण गर्नु भएको हो ।

खड्काले १५ जना छात्रा र १३ जना छात्र गरि २८ जनालाई झोला, नोटबुक, कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । आफुहरुले शैक्षिक सामाग्री पाए पछि पढाईमा सहजता हुने हंस बाहिनीमा अध्ययनरत बिद्यार्थिहरुले बताएका छन् । पत्रकार समेत रहेका खड्काले गत बर्ष पनि स्व’र्गीय आमा धनिदेबि खड्काको पु’ण्य ति’थिको अवसरमा झोला, नोटबुक, कलम लगाएतका शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । खड्काले आफू स्वदेशमा नभए पनि असाय, अपाङ्ग तथा टुहुरा बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने बताउनु भयो ।

यस्तै उहाँले पनि असाय, अपाङ्ग तथा टुहुरा बिद्यार्थिहरुलाई सहाज होस् भन्ने उद्धेश्यले सामाग्री वितरण गरेको बताउनु भयो । शैक्षिक सामाग्री बितरन कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले खड्काले गरेको काम साह्रै राम्रो भएको बताएका थिए । हंस बाहिनी माबिका प्रधानाध्यापक हंस बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगर कार्यपालिका सदस्य शंकर भुल, विशिष्ट अथिती बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष वीर बहादुर खड्का रहनु भएको थियो । विद्यालयका शिक्षक नर बहादुर खातीले स्वागत मन्तव्य राख्नु भएको शैक्षिक सामाग्री बितरण कार्यक्रमको संचालन शिक्षक राजेन्द्र खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्