Light Nepal

प्रम ओलीलाई फकाउन मोदीले राखे यस्तो प्रस्ताव

काठमाडौं, २५ कात्तिक । भारतले नेपाली भूमी समेत समेटेर नक्सा सार्वजनिक गरेपछि अहिले नेपालमा त्यसको चर्को विरोध भइरहेको छ । सरकारले त्यसको कुटनीतिक पहल समेत सुरु गरीसकेको छ । यस्तो अवस्थामा केही दिन अघि अस्वस्थ्य भएका प्रधानमन्त्री ओली अहिले यि विभिन्न समस्याका कारण राजनीतिक काममा सकृय भएका छन् ।

भारतको मिचाहा प्रवृत्ति विरुद्ध समान धारणा बनाउन बसेको सर्वदलिय बैठकमा सहभावी विपक्षी दलले समेत प्रधानमन्त्रीलाई समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । समस्या समाधानका लागि परराष्ट्रमन्त्रालय मार्फत कुटनीतिक पहल गर्ने र त्यसवाट पनि समस्या समाधान नभए प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भारतीय समकक्षी नरेन्द्र मोदीसंग कुराकानी गर्ने सहमति सर्वपक्षिय बैठकमा भएको छ ।
नेपालमा भइरहेको यस्तो घटनाक्रमका बेलामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई दिल्लीमा उपचार गराउन प्रस्ताव गरेको बुझिएको छ ।

ओलीको स्वास्थ्य अवस्थाका बारेमा छिमेकी देशका नेताहरुलेसमेत चासो दिँदै आएका छन् । मोदीले यसअघि प्रधानमन्त्री ओलीलाई विदेशमन्त्री एस जयशंकरमार्फत उपचारका लागि दिल्ली आउन प्रस्ताव गरेका हुन् ।भारतको विदेशमन्त्री नियुक्त भएपछि जयशंकर तीन महिनाअघि नेपाल आएका थिए । प्रधानमन्त्री ओलीले १२ वर्षअघि दिल्लीको एपोलो हस्पिटलमा मृर्गौला प्रत्यारोपण गरेका थिए ।

तर, चार वर्षअघि संविधान जारी गरिएका बेला दिल्लीको चासोलाई अस्वीकार गरेपछि दिल्लीसंग सम्बन्ध विग्रिदा ओली फलोअपको लागि भारत गएका छैनन् । ओली नजिकै दिल्लीमा जानुभन्दा पनि सिंगापुरलगायतका अन्य देश गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्