Light Nepal

बाँके कोहलपुरका डिएसपी शाहीले लागू औषध डिलर धोस्त पार्दै, अपराधीहरुको भागाभाग

बाँके – बाँके कोहलपुरको इलाका प्रहरी कार्यालय कोहलपुरले ठुलो परिमाणमा ब्रा:उन सुग:रसहित ला:गू औ:षध बिक्री गर्ने गिरोह लाइ पक्राउ गरेको छ । कोहलपुरमा आएका नयाँ डिएसपी हेम बहादुर शाही आफै अप्रेसनमा गएर पक्राउ गरेका हुन् ।

करिव २ महिना अघि कोहलपुरमा प्रहरीका प्रमुखका रुपमा डिएसपी आए देखि बिभिन्न अपराधीहरु लाइ धमाधम पक्राउ गर्दै आएका छन् । यसै क्रममा उनको कमान्डले आइतबार मात्रै ४ जना ला:गू औ:षध (बितरक) डिलरलाई पक्राउ गरे सगै उनिहरुबाट ४४ ग्राम ३८० मिलीग्राम ब्रा:उन सुगर सहित १ लाख ३९ हजार १४० रुपैयाँ बरामद गरेको छ।

प्रदेश नम्बर ५ का धेरै जसो जिल्लाहरुमा ला:गू औ:षध बिक्री गर्दै आएका भारत बहराइच जिल्ला नानपाराका २३ बर्षका कसिम शेखलाई डिएसपी हेम बहादुर शाहीले कोहलपुर ११ गोलपार्क नजिकैबाट पक्राउ गर्न सफल भएका छन् । शेख सग बिक्री गरेर बाकि रहेको १० ग्राम ब्रा:उनसु:गर, १४ हजार सात सय रुपैयाँसहित लागू औषध नापतौल गर्न प्रयोग गरिने डिजिटल काँँटा बरामद गरिएको डिएसपी शाहीले बताए। शाही कोहलपुरमा आए देखि अपराधी र गुण्डागर्दी गर्नेहरुको भागाभाग भएको छ ।

प्रतिक्रिया दिनुहोस्