Light Nepal

सुप नेपाली समाज मलेसियाद्धारा कलाकार बिसिलाई बिदाई तथा आर्थिक सहयोग

कृष्ण गुप्ता मलेसिया।सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका केन्द्रीय सदस्य रुपक बिसिलाइ बिदाई तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

राजधानी कोलालाम्पुर स्थिति उग्रतारा रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै सुदुरपश्चिमेलि नेपाली समाज मलेसियाका केन्द्रीय सदस्य रुपक बिसिलाई १३ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कलाकार समेत रहेका बिसि दुई हप्ता अघि बिरामि भएर हस्पिटलमा एडमिन भएका बिसिको स्वास्थ्य जाँचको क्रममा मुटुमा समस्या भए पछि डाक्टरको सल्लाह अनुसार नेपालमा आउन लागेका रुपक बिसिलाई सुप नेपाली समाजले स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग तथा बिदाई गरेको समाजका केन्द्रीय संरक्षक समिर मल्लले बताउनु भयो ।

कार्यक्रममा सल्लाहकार टेकराज धिक्त संरक्षक समीर मल्ल उपाध्यक्ष डम्मर बिस्वकर्मा कोषाध्यक्ष कैलाश बोहरा, सदस्य दिपक साहु र पत्रकार कृष्ण गुप्ता लगायतको उपस्थिति रहेको थियो।सुदुर पश्चिमेली नेपाली समाज मलेसियाले बिगत देखि नै मलेसियामा रहेका नेपालीहरुको हरेक सुखदुःखमा साथ दिदै अन्तर्राष्ट्रियस्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्