Light Nepal

हिजो पक्राउ परेका महरालाई अचानक हिरासतमा भित्रै के भयो (हेर्नुहोस भिडियो)

काठमाडौँ २० असोज ।करणी अभियोगमा सभामुख निवासबाटै पक्राउ गरिएका कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या देखिएको हो । महराको आइतबार राति स्वास्थ्य परीक्षण गरिएको थियो । स्वासप्रस्वासको समस्या देखिएपछि महरालाई हिरासत कक्षमा नै अक्सिजन दिने व्यवस्था मिलाइएको बताइएको छ ।गएराति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गरेको थियो ।

बालुवाटारस्थित सरकारी निवासबाट साँझ करीब ६ः३० बजे गएका प्रहरीले पक्राउ गरी उनको निजी सवारीसाधनमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा ल्याएका थिए । उक्त वृत्तमा समाचार सङ्कलनमा लागि साँझ पुगेका केही सञ्चारकर्मीलाई ‘सोमबार बिहान आउनु’ फर्काइएको थियो । वृत्त परिसर बाहिर उहाँका कार्यकर्ता वा शुभेच्छुक देखिएका थिएनन् ।

यही असोज १२ गते काठमाडौँको शान्तिनगरस्थित ‘डि प्रेसन’ को औ षधि सेवा गर्दै आएकी संसद् सचिवालयमा कार्यरत एक महिलाको निवासमा भएको भनिएको सो घटनामा पीडित महिलाले सार्वजनिकरूपमा परस्पर विवादित प्रतिक्रिया दिए पनि प्रहरीलाई किटानी जाहेरी दिएकाले थप अनुसन्धानका लागि महरालाई प्रहरी हिरासतमा राखिएको हो । ती महिलाको सार्वजनिक पहिलो भिडियोमा आफू महराबाट करणी भएको उल्लेख छ भने दोस्रो भिडियोमा महरासँग लामो पारिवारिक सम्बन्ध रहेको र बाबुसमान व्यक्तिबाट त्यस्तो घटनाको कल्पना गर्न नसकिने उल्लेख छ ।

आरोप सार्वजनिक भएपछि तत्कालीन सभामुख महराको सचिवालयले पीडित भनिएकी महिलाको निवासमा त्यस दिन महरा नगएको र उक्त आरोप आधारहीन एवं षडयन्त्रपूर्ण भएको जिकिर गरेको थियो ।

त्यस्तै अभियोग लागेर सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा निष्पक्ष छानबिन गर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन्।

अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई आफ्नो निवास खुमलटारमा बोलाएर उक्त प्रकरणको निष्पक्ष छानबिन गर्न आग्रह गरेको बताइएको छ। प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘उक्त प्रकरणले व्यापक चर्चा पएपछि अध्यक्षले गृहमन्त्रीलाई निष्पक्ष छानबिन गर्न आग्रह गर्नुभएको हो।’ महरामाथि निष्पक्ष अनुसन्धान गरेर दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न गृहमन्त्रीलाई अध्यक्ष प्रचण्डले आग्रह गरेको स्रोतले जानकारी दियो।

प्रचण्डले उक्त प्रकरणमा पार्टीबाट कुनै पनि दबाब नआउने र सरकारी सुरक्षा निकायले गरेको छानबिनलाई पार्टीले सघाउने पनि प्रतिबद्धता व्यक्त गरेका थिए। गृहमन्त्री थापाले नेपाल प्रहरीले उक्त प्रकरणको छानबिन गरिरहेको अध्यक्ष प्रचण्डलाई जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्