Light Nepal

नयाँ प्रजातिकोकृतिम डायनासोर फेला पर्‍यो अहिलेसम्म भेटिएको थिएन हेर्नुहोस् (भिडियो)

एजेन्सी । नयाँ प्रकारको ‘डक(बिल्लेड डायनासोरजापानमा पत्ता लागेको छ।होक्काइडो युनिभर्सिटीका अनुसार ७२० लाख वर्ष पुरानो अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो डायनासोर कंकाल जापानको मुकावा शहर नजिकैको समुद्री भण्डार मुनि भेटिएको हो ।

यसभन्दा पहिले सन् २०१३ मा होबेट्सु संग्रहालय र होक्काइडो विश्वविद्यालय संग्रहालयद्वारा संयुक्त रुपमा गरिएको उत्खननमा यसै डाइनोसरको पुच्छरको एक हिस्सा हुन् सक्ने अनुमान गरिएको छ ।साइन्टिफिक रिपोर्टसमा प्रकाशित एक अध्ययनअनुसार लगभग सबै कंकाल पत्ता लगाइएको यस डाइनोसरको नयाँ जेनस र स्पेसिस रहेको छ साथै उक्त डाइनोसर शाकाहारी रहेको बताइएको छ ।

वैज्ञानिकहरूले यस डाइनोसरको नाम “कम्युसौरस जापोनिकसराखिएको छ । उत्तरी जापानका आदिवासीहरूको भाषा(आइनु) अन्तर्गत ‘कामुई’ को अर्थ ‘विविधता’ र ‘सौरस’को अर्थ ल्याटिन भाषामा ‘सरीसृप’ भन्ने हुन्छ भने जापानी भाषामा सौरस भनेको जापोनिकास हुन् आउँछ ।होक्काइडो विश्वविद्यालय संग्रहालयका योशितसुगु कोबायाशीको नेतृत्वमा अनुसन्धानकर्ताहरूको समूहले कंकालका हड्डीहरूको विश्लेषण गरेअनुसार फेला परेको डायनासोर सम्भवतः वयस्क हो।

यो करिब ८ मिटर लामो थियो भने ४ देखि ५।३ टन यसको तौल९अहिलेको एसियाली हात्त्ति बराबर० रहेको हुनुपर्छ । यस डाइनोसर क्रमशः दुई वा चार खुट्टामा हिड्दथ्यो।यसको खोपडीको अगाडिको हड्डी नासोफ्रन्टल सुटरल सर्फेस लागि लामो लम्बाई रहेको अनुमान गरिएको छ, यसैको आधारमा यसलाई डक बिलनामाकरण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्