Light Nepal

बाँकेमा फरार अभियुक्तलाई पक्रिन प्रहरीले हान्यो नरेन्द्रलाइ गोली

चोरी-डकैती मुद्दमा कैद सजाए सुनाइएका फरार ब्यक्तिलाई बाँकेको कोहलपुर प्रहरीले गो’ली हानेर नियन्त्रणमा लिएको छ। ८ वर्षअघि चोरी-डकैती अपराधमा कैद सजाय तोकिएलगत्तै फरार बाँके बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गो’ली चलाएको हो।

‘नेपाल–भारत सिमास्थित जमुनाहामा नियन्त्रणमा लिई मोटरसाइकलमा कोहलपुरतर्फ ल्याउने क्रममा भाग्न खोजेपछि प्रहरीको टोलीले राँझा नजिक एक राउण्ड गो’ली चलाएको कोहलपुर इलाका प्रमुख हेमबहादुर शाहीले बताए ।’ गो’ली लागी घाइते भएका न्यौपानेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरि उपचार गरिँदै छl न्यौपानेलाई कोहलपुर इलाका प्रमुख हेमबहादुर शाहीको कमाण्डमा गएको प्रहरीले गोलि चलाएको हो  थियो । न्यौपानेलाई २०६८ सालमा चोरी तथा डकैटी मुद्दामा जिल्ला अदालत बाँकेले ६ वर्ष कैदको सजाय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्