Light Nepal

सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको पाचौ अधिवेशनको उद्घाटन पुर्व राज्य मन्त्री सिङद्वारा गरिने

मलेसिया-सुदुरपश्चिमका लागि सुदुर पश्चिमेली’भन्ने मुल नाराका साथ २०६२सालमा स्थापना गरेको सुदुर पश्चिमेली नेपाली समाज मलेसियाको पाचौ केन्द्रीय अधिवेशन तथा गौरा पर्वको सम्पुर्ण तयारी पुरा भएको छ ।यहि अगष्ट २५ तारिख आइतबार हुन लागिरहेको सुदुर पश्चिमेली नेपाली समाज मलेसियाको पाचौ अधिवेशन तथा गौरा पर्व भब्य रुपमा मनाउने लागेको समाजका अध्यक्ष समिर मल्लले बताउनु भएको छ।

स्थापनाकालदेखि नै बिभिन्न पीडितहरुलाई सहयोग गर्दै सामाजिक कार्यमा समेत सकृिय रहेको छ ।सुदुरपश्चिमेलीलाई मात्र नभएर सम्पुर्ण नेपालीलाई लक्षित गरी प्रवासमा दुख र पीडामा परेका नेपालीहरु आर्थिक भौतिक सहयोग प्रदान गर्दै आएको छ ।मलेसिया सरकारको निती-नियमलाई मध्यनजर गर्दै यहा रहेका नेपाली कामदारहरुको हक-हितको निम्ती र सामाजिक,कार्य तथा बिभिन्न गतिबिधिहरुमा संलग्न रहदै सामाजिक अभियानमा हातेमालो गर्दै आएको संस्था मध्ये एक सुदुर पश्चिमेली नेपाली समाज मलेसिया पनि एक हो ।

सोही दिन सुदुर पश्चिमेलीहरुको महान चाड गौरा पर्वको अवसरमा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुको साथमा सास्कृतिक कार्यक्रम पनि हुने भएको छ।जस्मा आधुनिक गायक बादल थापा,मोडल तथा गायिका लक्ष्मी आचार्य,लोक-देउडा गायक उमाशंकर जोशि देउडा गायिका निरुता खत्री,गायक तथा सर्जक डम्बर बिश्वकर्मा,गायक कैलास बोहरा,मोडल सुरज प्रकाश ठगुन्ना,मोडल सिमा बिक,गायक हरि बहादुर ओलि,मोडल माया तामाङ,देबिका तामाङ, गायिका कुशुम गाह मगर,गायक रुपक बिसि लगायत कलाकारहरुको बेजोड प्रस्तुति रहने छ भने सोहि कार्यक्रम बिचमा देउडा खेल समेत खेल्ने बताएको छ ।

उग्रतारा रेष्टुरेन्ट क्वालालम्पुर भेटघाट रेष्टुरेन्ट क्वालालम्पुर दिपज्वति रेष्टुरेन्ट,क्वालालम्पुर,बम राजा ईन्टरप्राईजेज जोहोर,पङ्गेनी ह्युमन रिसर्स क्वालालम्पुर,एच एस एस ग्रुप क्वालालम्पुर सहयोगीका रुपमा रहेका छन् भने पर्शुराम एफएम जोगबुढा,डिसि नेपाल,पश्चिम टुडे, सुदुर नेपाल, लाईट नेपाल मलाया खबर ,कालङा न्युज डट कम मिडिया पार्टनर स्तै भिडियोग्रारापरमा कृष्ण गुप्ता रहेका छन ।मलेसियाको राजधानी कोलालम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटलको सभाहलमा यहि आइतबार बिहान ११ बजेबाटसुरु हुने अधिबेशनको उद्घाटन पुर्व परराष्ट्र राज्यमन्त्री अर्जुन जंग बहादुर सिंहले गर्नुहुने समाजका अध्यक्ष समिर मल्लले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्