Light Nepal

एनआरएन मलेसियाको उपाध्यक्षमा सुदुरका ज्ञानेन्द्र सिंह निर्बिरोध निर्बाचित

मलेसिया ।सुदुर पश्चिम सात नम्बर प्रदेश बझाङ बुङ्गल नगरपालिका 6 बझाङमा जन्मेका ज्ञानेन्द्र सिंह 2001 मा विद्यार्थीका रुपमा मलेशिया प्रवेश गरेका थिए तत्कालिन सुदूरपश्चिम सेवा समाज 2006 सालबाट समाज सेवा गरेका सिंह प्रबासी सुदूरपश्चिमेलिहरुको दरिलो खम्बाको रुपमा चिनिन्छन् । 2015 -2017 एनआरएन मलेसियाको केन्द्रिय सदस्य साथै 2017-19 पाचौं अधिबेशनबाट युबा संयोजकको जिम्मेवारी समालेका थिए । सहयोगी बिचार र निडर स्वाभाबका सिंह सबै श्रमिक नेपालीको भावना र पीडा बुझ्ने एक स्वच्छ भावनाका रूपमा सबै नेपालीले चिन्छन् ।सिङ सुदुर पश्चिमेली नेपाली समाज अन्र्तराष्ट्रिय एसिया संयोजक समेत रहेका छन ।

लामो समय देखि मलेसियामा निजि ब्यबसाय गर्दै आएका सिह nrna मलेसियाको अध्यक्षको दाबेदार रूपमा आएका थिए तर 17/08/19 मा सबैको सहमतिमा निर्बिरोधएनआरएन मलेसियाको उपाध्यक्षमा चयन भएका छन् । उनिसगै अध्यक्ष हरि भट्टराई, वरिष्ठ उपाध्यक्ष लालबहादुर आले ( सुन्दर), उपाध्यक्ष ज्ञानेन्द्र सिंह ,महिला उपाध्यक्ष शुभद्रा लिङ्गदेन, माहासचिब हेमराज सापकोटा,सचिब(क) रन्जित कुमार क्षेत्रि,सचिब(ख) नन्द बहादुर क्षेत्रि, कोषअध्यक्ष कृष्ण प्रसाद नेपाल,सह- कोषाध्यक्ष राखेश प्रशाद महतो, युवा संयोजक रबिलाल अधिकारी, अन्तर्राष्ट्रिय समन्वय समिती सदस्य महेन्द्रजङ्ग साह र टेकबहादुर टोमटा सदस्य गोबिन्द साउद लागायत 33 सदस्य कार्यसमिति सर्बसम्मत गरियको हो।हार्दिक बधाई तथा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्