Light Nepal

भाईको अन्तिम अवस्था हुँदा समेत गीत गाउन सकिन भन्दै यसरी भक्कानिए विक्रम बराल (भिडियो हेर्नुस्)

काठमाडौं, १३ साउन । नेपाल आइडलका विक्रम बरालको ब्यक्तिगत जिवनका बारेमा हामिले त धेरै कुरा सुनेका छौं । विक्रम बरालको त्यतीबेला धेरै चर्चा भयो जतिबेला उनले आफ्नी प्रेमीकालाई सार्वजनिक गरे । विक्रम वरालकी प्रेमीका अनु गहतराज विक्रमले नेपाल आइडलमा प्रतिस्पर्धा गरेकै समयमा उनलाई भेट्न आएकी थिइन् । त्यतीबेला उनले दिएका अन्तरवार्ता निकै चर्चित भएका थिए ।

अहिले विक्रम र अनुले विवाह गरीसकेका छन् । कलाकारहरुको वर्तमान जिवन देखेर जो कोही दर्शक श्रोता पनि लोभिन्छ । तर उनीहरुको जिवनमा पनि निकै संघर्षको कथा हुन्छ । अझ छोराछोरीलाई त्यो अवस्था सम्म ल्याउने आमाबुवाको संघर्ष त्यो भन्दा कठिन हुन्छ । विक्रम वराल पनि त्यस्तै पृष्ठभूमीवाट आएका एक सफल गायक हुन् । उनको परिवारले पनि विक्रमलाई अहिलेको अवस्था सम्म आइपुग्न विक्रमले गरेको संघर्षमा उत्तिकै साथ दिए । आजको यो भिडियो अन्तरवार्ताका क्रममा जब विक्रमले आफ्नो आमाको संघर्ष सम्झिए उनको आँखा रसाए ।

विक्रमको आँखा रसाउँदा संगै बसेकी अनु पनि रोइन् । जब विक्रमको संघर्ष सुरु भएको थियो त्यतीबेला विक्रमको आमाले मैनबत्ती फ्याक्ट्रीमा काम गर्थिन । त्यतीबेला उनको कमाई महिनाको पाँच सय रुपैया थियो । विक्रमलाई त्यसवाट खर्च गर्न एक सय पचास रुपैया दिन्थिन् । त्यो अभाव सम्झिदा उनी भक्कानिए । बोल्नै नसक्ने भएका बिक्रमलाई संगै रहेकी पत्नी अनुले सम्हालिन् । आफ्नो भाई विरामी हुँदा गीत समेत गाउन नसकेको सम्झदा अहिले पनि उनलाई निकै पीडा हुन्छ । उनले आफ्नो अतित यसरी सम्झिए ।

प्रतिक्रिया दिनुहोस्