Light Nepal

यिनि हुन महिनावारीको रगत अनुहारमा लगाउने युवती

 

एजेन्सी । २७ वर्षकी लौरा टेक्सीरिय हरेक महिना महिनावारीको क्रममा श्राव हुने रगत जम्मा गरेर उनी आफ्नो अनुहारभरी पोत्छिन् ।त्यसपछि बाँकी भएको रगतलाई पानीमा मिसाएर आफूले रोपेका बोट बिरुवामा हाल्छिन् ।

‘सिडिङ् द मून’ नामको यो प्रथा विभिन्न पुरानो मान्यतासँग प्रेरित छ जसमा महिनावारीको रगतलाई उर्वरताको प्रतिकको रुपमा हेरिन्थ्यो ।यो प्रथालाई मान्ने महिला आफ्नो महिनावारीलाई आफ्नै अन्दाजमा बाँच्छन् ।

लौरा बीबीसीलाई भन्छिन्, ‘जब म आफ्ना बोटबिरुवामा पानी हाल्छु तब म, मलाई माफी दिनुस् । म तपाईंलाई धेरै माया गर्छु र तपाईंप्रति आभारी छु भन्दै एउटा मन्त्र जप्छु । ’

लौराका अनुसार जब उनी आफ्नो रगतलाई अनुहार र शरीरमा लगाउँछिन् तब उनी आँखा बन्द गर्छिन् र आभारी महसुस गर्छिन् । यसले उनलाई शक्तिको संचार भएको महसुस गराउँछ ।

शक्ति दिने प्रथाःलौराका अनुसार यो प्रथा महिलालाई सशक्त बनाउनसँग सम्बन्धित छ ।उनी भन्छिन्, ‘समाजमा सबैभन्दा ठूलोभेदभाव मासिक धर्मसँग जोडि
एको छ । समाजले यसलाई खराब मान्छ । सबैभन्दा ठूलो लज्जाको विषय पनि यही हो किनभने महिला आफ्नो महिनावारीको दौरान सबैभन्दा धेरै लज्जा महसुस गर्छिन् ।’

सन् २०१८ मा ‘वर्ल्ड सीड योर मून डे’ इभेन्टलाई सुरु गर्ने बडी साइकोथेरेपिस्ट, डान्सर र लेखक मोरेना कार्डोसो भन्छिन्, ‘महिलाका लागि सिडिङ द मून एक निकै सरल र उनीहरुको मनलाई शक्ति दिने तरिका हो ।’गत वर्ष यो कार्यक्रमको बेला दुई हजार मानिसले आफ्नो मसिक श्राव हुने रततलाई बोटबिरुवामा हालेका थिए ।
महिलाहरुको आध्यात्मिक कामः

मोरेना भन्छिन्, ‘यो कार्यक्रमको आयोजनाको उद्देश्य यो थियो कि महिनावारीको क्रममा निस्कने रगत लज्जाको विषय नभई सम्मान र शक्तिको प्रतिक हो भनेर बुझाउनु थियो ।’

मोरेनाका अनुसार ‘उत्तरी अमेरिका ९मेक्सिकोसमेत० र पेरुका जमिनमा महिनावारीको रगतलाई जमिनमा फैलाइयो, उर्वर बनाउने उद्देश्यसहित ।’ब्राजिलको युनिक्याम्प युनिभर्सिटीमा २० वर्षदेखि यो मुद्दामा शोध गरिरहेकी मानवशास्त्री डानियेला टोनेली मनिकाले अन्य समाजमा महिनावारीको रगतको विषयमा निकै नकारात्मक धारणाभएको बताएकी छिन् ।

उनी भन्छिन्, ‘महिनावारीलाई फोहोर रगत बगेको रुपमा लिइन्छ र यसलाई मल र मूत्रको श्रेणीमा राखिन्छ जसलाई मानिसहरुको नजरभन्दा टाढा बाथरुममा बगाउनुपर्ने मान्यता छ ।’

सन् १९६० मा महिलावादी आन्दोलनले यो सोचलाई परिवर्तन गर्ने कोसिस गरेको थियो र महिलालाई आफ्नो शरीरबारे खुलेर कुरा गर्नका लागि प्रोत्साहित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्