Light Nepal

जन्मदिने आमाले नै १४ वर्षीया छोरीलाई यस्तो गर्न लगाएपछि

धनुषा , ६ साउन । धनुषामा एउटा विश्वास नै गर्न नसकिने घटना सार्वजनिक भएको छ । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि जबरजस्ती यौन सम्पर्क राख्न स्थानीय एक पुरुषलाई साथ दिएको खुलासा भएको छ ।

भंगह नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया छोरीलाई जबरजस्ती यौन सम्पर्क गर्न स्थानीय ४० वर्षीया सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएको हो । रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले यस्तो कुकर्म गरेकी हुन् । छोरीलाई जनकपुर लैजाने भनेर भारतको दिल्ली पुर्याएर यस्तो काम गर्न लगाएकी थिइन् । ति आमाले आफूले समेत सोही पुरुषसंग अनैतिक सम्बन्ध राख्दै आएको बालिकाले बताएकी छन् । बालिकाले सीतारामसँग यौन सम्पर्क गर्न आमाले दवाव दिएको बताएकी छन् ।

दलित समूदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिनसम्म जबरजस्तै यौन सम्पर्क गरेको पीडित बालिकाको भनाई छ । दिल्लीमा आमाकै अगाडि दिनदिनै जबरजस्ती गथ्र्यो,’पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन् । उल्टै मलाई नै गाली गर्थिन । प्रतिकार गर्न खोज्दा ज्यान मार्ने लगायतका धम्की धम्की दिने गरेको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्