Light Nepal

यस्ता कलाकार जसले समाजलाई नराम्रो असर पुर्याउँछ भन्दै करोडौंको विज्ञापन अस्वीकार गरिदिए

एजेन्सी । कलाकारको काम मनोरञ्जन दिनु मात्र होइन । कलाकार समाजको लागि वाटो देखाउने एक माध्यम पनि हुन् । उनीहरुले समातेका कतिपय वाटोहरु अरुका लागि मार्गनिर्देशन हुन्छन् । त्यसैले कलाकारहरु समाज प्रति उत्तरदायी हुनुपर्छ । तर सबै कलाकारहरु यो मान्यतालाई स्वीकार गर्दैनन् । पैसा कमाउन यो क्षेत्रमा आएकाहरु पैसाका अगाडी सामाजिक दायित्व विर्सन्छन् । तर भारतीय फिल्मी क्षेत्रमा यस्ता कलाकार छन् जसले सामाजिक उत्तरदायीत्व वहन गरेर करोडौं कमाउन सक्ने अवसर गुमाइदिए । उनीहरुले समाजलाई नकारात्मक असर गर्ने विज्ञापनमा खेल्न अस्वीकार गरिदिए ।

यसमा कुनै शंका छैन कि अक्षय कुमार विभिन्न विज्ञापनमा हिस्सा हुन् । तर जब मौलिक दायित्वको कुरा आउँछ तब उनी यसबाट पछि हट्छन् । उनलाई एकपटक एउटा पान मसलाको विज्ञापनको अफर पनि आएको थियो । तर उनले यसको हिस्सा बन्नबाट अस्विकार गरेका थिए ।

बलिउड मेघास्टार अमिताभ बच्चन फिल्म इन्डष्ट्रिमा लामो समयदेखि सक्रिय छन् । यसबाहेक उनी विज्ञापनकामे दुनियाँमा पनि लगातार देखिन्छन् । उनी थुप्रै ब्रान्डका एम्बेसडर हुन् । एक समय अमिताभ सफ्ट ड्रिङ्क्सको निकै प्रचार गर्दथे । तर यसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने भन्दै उनले यसको विज्ञापन गर्न बन्द गरे ।

आमिर खान ती सेलिब्रिटीमा समावेश छन् जो विज्ञापनबाट टाढै छन् । उनी ती विज्ञापन मात्रै गर्छन् जसले समाजमा जागरुकता फैलाउँछ । फिल्म इन्डष्ट्रिमा रणबीर एक शानदार नायकको रुपमा परिचित छन् । रणबीरलाई एकपटक फेयरनेस ब्रान्डको विज्ञापनको अफर गरिएको थियो तर उनले उक्त विज्ञापन अस्विकार गरेका थिए ।

कंगना रनौत पनि रंगभेदी विषयमा निकै सजग छिन् । उनले पनि फेयरनेस ब्रान्डलाई प्रोमोट गर्न अस्किर गरेकी थिइन् । साई पल्लवीले एक विज्ञापन कम्पनीलाई प्रोमोट गर्नबाट अस्विकार गरेका थिए । उनले एक फेयरनेस क्रिमको विज्ञापन गर्न अस्विकार गरेका थिए । यसका लागि उनले २ करोड भारु अफर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्