Light Nepal

डोल्पाको मुड्केचुला पहिरो जाँदा नौ जना बेपत्ता

डोल्पा, २८ असार । मुड्केचुला गाउँपालिका–१, २ र ३ मा आज पहिरो जाँदा नौ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ ।

बेपत्ता हुनेमा चार बालबालिका रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । पानी घट्ट गएका धनरुपा बोहोरा, विचित्र बोहोरा, सारिका बस्नेत, निर्मल बोहोरालगायत बेपत्ता भएका छन् । दिउँसो २ बजे पहिरो गएको हो ।

पहिरोले वडाध्यक्ष भानुभक्त बोहोरा, जङ्गबहादुर बोहोरा र धर्मराज बोेहोराको घर बगाएको छ । वडाध्यक्ष भानुभक्तका दाजु ४३ वर्षीय धनराजको शव फेला परेको छ । उक्त ठाउँमा २५ भन्दाबढी घर पहिरोको जोखिमा रहेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। प्रहरी चौकी इलाको टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्