Light Nepal

लगातारको मुसलधारे वर्षाले सिरहाको दर्जनौं वस्ती डुबानमा

सिरहा ,असार २८ । सिरहा । सिरहाको कल्याणपुर नपा–६ का कामेश्वर यादवलाई कमला नदीले बगाएको छ । कमला नदीमा डुङ्गा चलाउने काम गर्दै आएका उनी आज अपरान्ह बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले जानकारी दिए । पानीको वहाव धेरै रहेकोले खोजीमा समस्या भएको छ ।

लगातारको मुसलधारे वर्षाले सिरहाका दर्जनौं गाउँ डुबानमा परेका छन् । पछिल्लो पाँच दिनदेखि लगातार परेको अविरल वर्षाले सिरहा नगरपालिकाका धेरैजसो वडाहरु डुबानमा परेका छन् । डुबान प्रभावितहरुलाई स्थानीय प्रसाशनले उद्धार गरी सुरक्षति राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्