Light Nepal

बाबुराम भट्टराईलाई छोडेर आएका नेतालाई नेकपामा स्वागत गर्दै ओलीले भने:’ बाबुराम मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्छ’ (भिडियो हेर्नुस्)

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी नेकपा विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताएका छन् ।विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई शुक्रबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने बताएका छन् । कहिले ढिस्काले बाटो छेकेर भंगालाहरु यताउति लाग्छन्, कहिले बाटो भूलेर’ प्रधानमन्त्री ओलीले भने, पुल मुनी भंगालै भंगालामा छरिएको नारायणी नदी अलि तल पुगेपछि मुल बहावमै मिसिन्छन् । त्यस्तै कम्यूनिष्ट पार्टीबाट बेला बेलामा छुटिएर गएका साथीहरु फेरी अहिले मुलधारमै आउनु भएको छ । उहाँहरुलाई स्वागत छ ।’

प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने बताएका छन् । कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेताहरु कल्पना धमला,देवेन्द्र पराजुली, गुणखर भूसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री एवं अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्