Light Nepal

तौल घटाउने झुटो बाचा गरेको भन्दै ऋतिक रोशन विरुद्ध मुद्दा दायर

एजेन्सी । नयाँ फिल्म ‘सुपर ३०’को प्रमोसनमा व्यस्त रहेका अभिनेता ऋतिक रोशन विरुद्ध मुद्दा दायर भएको छ । उनलाई धोका दिएको भन्दै मुद्दा दायर भएको हो । आई शशिकान्त नामका एक जिम युजरले जिम कम्पनी र त्यस कम्पनीका ब्रान्ड एम्बेसडर रहेका ऋतिकविरुद्ध मुद्दा दायर गरेका हुन् । वजन कम गराउने र वर्कआउट गराउने बाचा पूरा नगराएको आरोप ऋतिकमाथि लगाएका छन् । ती नागरिकले इन्डियन प्यानल कोडको सेक्शन ४०६ र ४२० अनुसार मुद्दा दायर गरेका हुन् ।

भारतीय मिडियाका अनुसार उनले गत जुनमा मुद्दा दायर गरेका हुन् । रिपोर्ट अनुसार उनले २०१८ मा केयर फिट जिममा छुटसहित १७ हजार ४ सय ९० रुपैयाँमा एक वर्षको सदस्यता लिएका थिए ।

साथै विज्ञापनमा दैनिक अभ्यास गराउने र शरीरको तौल घटाउने बाचा गरिएको थियो । तर विज्ञापनको बाचा अनुसार नभएपछि युजरले जिम कम्पनी र ब्रान्ड एम्बेसडरविरुद्ध मुद्दा दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्