Light Nepal

प्रहरीसंग भएको गोली हानाहान पछि दुई कार्यकर्ता बेपत्ता भएको विप्लवको दावी

काठमाडौं, १९ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले संखुवासभाको तिलिचुङ गाउँपालिका प्रहरीसँग भएको दोहोरो गोली हानाहान’ घटनामा आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको’ दाबी गरेको छ। तिलिचुङ वडा नम्बर १ मा असार १६ गते विप्लव माओवादी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो। सो क्रममा आफ्ना तीन जना कार्यकर्ता सम्पर्कविहीन रहेकोमा एक जना कार्यकर्तालाई सम्पर्कमा आएको भए पनि उनी प्रहरीले नै नियन्त्रणमा रहेको र अन्य दुई जना बेपत्ता’ रहेको विप्लव माओवादीको दाबी छ।

विप्लव माओवादीको पूर्वी केन्द्रीय कमाण्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तीन बेपत्ता कार्यकर्तामध्ये सुजन अधिकारीलाई प्रहरीले गिरफ्तार गरेर राखेको दाबी गरेको छ। अन्य दुई कार्यकर्ताको अवस्था अज्ञात’ रहेको विप्लव माओवादीको दाबी छ। पूर्वी कमाण्ड इञ्चार्ज विषम’ले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, टोलीका सबै ज्यान जोगाउन सफल भए पनि तीन जना सम्पर्कविहीन भएकोमा एक जना सम्पर्कमा आएका छन्, दुई जनाको अवस्था अज्ञात रहेको छ।’

विज्ञप्तिमा पार्टी कार्यकर्ताहरु संगठन सुदृढीकरण र विस्तार अभियानमा पुगेका बेला प्रहरीले तीन वटा हेलिकप्टरसमेत खटाएर घेरा हाली एकोहोरो गोली चलाएको र त्यसलाई दोहोरो भिडन्तको संज्ञा दिएको दाबी गरिएको छ। उच्च प्रहरी स्रोतका अनुसार सदरमुकाम खाँदबारीबाट सोमबार १७ जनाको प्रहरी टोली तिलिचुङमा गएको थियो। प्रहरीको गस्ती टोलीलाई विप्लव कार्यकर्ताले गोली हानेपछि जवाफी फायरिङ गरिएको एक अधिकारीले बताए।

ँत्यसक्रममा एक जना विप्लव कार्यकर्ताको खुट्टामा गोली लागेको थियो र उनी उपचारका लागि औषधी पसलमा गएका थिए, हेलिकप्टरको आवाज सुनेपछि ती व्यक्ति जंगल भागेका थिए, तिनै चाहिँ सम्पर्कमा गएको बुझिएको छ,’ प्रहरीका एक अधिकारीले सेतोपाटीसँग भने, घटनामा विप्लवका कुनै पनि कार्यकर्ता हाम्रो नियन्त्रणमा छैनन्।’ ती अधिकारीका अनुसार विप्लवका हतियारधारी कार्यकर्ताले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपछि त्यहाँ दोहोरो हानाहान भएको हो। गोली हानाहानमा विप्लव कार्यकर्ताबाट एसएलआर र एसएमजी राइफलबाट फायरिङ भएको ती अधिकारीले दाबी गरे।

प्रहरी टोलीको कमजोर उपस्थितिमा अत्याधुनिक हतियारबाट विप्लव कार्यकर्ताले गोली चलाएकाले हेलिकप्टरबाट थप मद्दत मागिएको ती अधिकारीको दाबी छ। ँहाम्रो गस्ती टोली विप्लव कार्यकर्ताको तुलनामा कम थियो, उनीहरुले आधुनिक हतियारबाट गोली चलाएपछि थप सुरक्षाका लागि हेलिकप्टरसहितको टोली मगाएका हौं,’ ती अधिकारीले भने। प्रहरीसँगको दोहोरो मुठभेड’मा यसअघि भोजपुरमा विप्लव कार्यकर्ता तीर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेलको मृत्यु भएको थियो। विप्लव माओवादीले ती दुबै घटनामा आफ्नोतर्फबाट गोली नचलेको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्