Light Nepal

अर्थमन्त्रीसंग सांसदले मागे दशैं भत्ता

काठमाडौं, १८ असार । संघीय संसदका सांसदले दसैं भत्ता माग गरेका छन्। श्रमिकदेखि कर्मचारीसम्मलेदसैंमा एक महिना बापतको भत्ता पाउने भएकाले आफुहरुले पनि पाउनुपर्ने सांसदको तर्क छ ।

अन्य क्षेत्रमा वर्षको १३ महिना भत्ता पाउने तर सांसद र उनीहरूको सचिवालयमा काम गर्ने कर्मचारीले नपाउने न्यायसंगत नहुने भन्दै सांसदहरुले दशैं भत्ता मागेका
छन् । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा सांसदहरूले आफ्नो सचिवालयका कर्मचारीलाई मात्रै भए पनिदसैं भत्ता उपलब्ध गराउन माग गरेका हुन् ।

‘सबै श्रमिक तथा सरकारी कर्मचारीले दसैंमा थप एक महिनाको तलब भत्ता स्वरूप पाउँछन्’, राष्ट्रियसभा सदस्य विना पोख्रेलले भनिन्, ‘हाम्रा सचिवालयका कर्मचारी र हामीले पनि यो सुविधा पाउनुपर्छ।’

२०५८ अघि सांसदले एक वर्षमा दसैं सुविधासहित १३ महिनाको तलब पाउने गरेका थिए। तर तत्कालीन समयमा संसदले २०५८ असोजि अन्तिममा दसैं भत्ता कटौती गर्ने निर्णय गरेको थियो। उक्त निणर्मयसँगै २०५६, ०५७ र २०५८ सालको दसैंमा पाएको सुविधानसमेत सांसदले फिर्ता गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस्