Light Nepal

सलमान खानले यस्तो तस्बिर पोष्ट गर्दै दिए चेतावनी

एजेन्सी । बलिउड नायक सलमान खान सँधै चर्चामा आइरहने कलाकार हुन् । उनको उमेरको हाफ सेन्चुरी पूरा गरिसकेको छ । तर पनि फिटनेसको मामलामा उनले धेरैलाई उछिनेका छन् । निकै मेहनत गर्न मन पराउने सलमान उमेरले हाफ सेन्चुरी काटेपनि सँधै चर्चामा रहनुको कारण पनि यहि नै हो । उनको शानदार बडीको झलक उनको पछिल्लो सोसल मिडिया पोष्टमा देख्न पाइएो छ । यसका साथै उनले एउटा क्याप्सन पनि लेखेका छन् ।

सलमान खानले ट्वीटरमा आफ्नो शर्टलेस फोटो सेयर गरेका छन् । तस्बिरमा उनी जुन अवस्थामा देखिएका छन्, त्यो हेर्दा उनले वर्कआउटका बेला उक्त फोटोको खिचेको हुनसक्छ ।

फाटो पोष्ट गर्दै उनले लेखेका छन्, ‘यदि देखाउनु छ, उछिन्नु छ, मार्नु छ भने मेहनत गरेर आफ्नो स्तर वृद्धि गरेर कामले मार।।। कडा मेहनतभन्दा उत्कृष्ट अरु कुनै कुरा छैन ।’

कामको कुरा गर्ने हो भने सलमान खान आजकाल फिल्म ‘दबंग थ्री’ को सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनीसँग सोनाक्षी सिन्हा र अरबाज खानले स्क्रिन सेयर गरेको देख्न सकिन्छ । फिल्म डिसेम्बर २० मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्