Light Nepal

करिश्माले अचानक पार्टी छोडेको घोषणा गरेपछि बाबुराम भट्टराईले दिए धन्यवाद

काठमाडौं, १४ असार । समाजवादी पार्टीकी नेता तथा अभिनेत्री करिश्मा मानन्धरले अचानक पार्टी छोडेको घोषणा गरेपछि अध्यक्ष डा बाबुराम भट्टराईले धन्यवाद दिएका छन्। विभिन्न सञ्चार माध्यममार्फत् करिश्माले पार्टी छोडेको घोषणा गरेकी हुन् । करिश्माले पार्टी छोडेको विषयमा समाचार सुनेपछि नेता डा भट्टराईले पनि करिश्मालाई धन्याद दिएका हुन्।

भट्टराईले पनि सामाजिक सञ्जाल फेसवुक मार्फत उनलाई धन्यवाद दिँदै लेखेका छन्, ‘समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्री फेरिइरहन सक्छन् १ जोसंग जहाँसम्म सहयात्रा गर्न सकिन्छ गर्नुपर्छ, कोही केही किलोमिटर मात्र सहयात्रा गर्लान्, कोही हजार किलो मिटर सहयात्रा गर्लान्, कोही अन्तिम गन्तव्यसम्म सहयात्रा गर्लान्, सहयात्रा स्वेच्छाले गर्ने हो’, डा।भट्टराईले फेसबुकमा लेखेका छन्,‘हामी धेरै भन्दा धेरैसंग अन्तिम गन्तव्यसम्म सहयात्रा गर्न चाहन्छौं१ जसले जति दूरीसम्म सहयात्रा गर्छस त्यतिसम्मका लागि हामी सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छौं ’

डा.भट्टराईका सहयोगी समेत रहेका विश्वदीप पाण्डेले करिश्माले पार्टी छोड्नुको कारण समेत सार्वजनिक गरेका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुककै प्रयोग गरेर पार्टी छोड्नुको कारण खुलाएका छन् । तर, त्यससँगै उनी करिश्माको मेहेनत र सफलतामा खुशी भएको समेत पाण्डेले प्रष्ट पारेका हुन्। समाजवादी पार्टीमा करिश्माले पदाधिकारीमा आफू पनि समावेश हुनुपर्ने र त्यहाँ नपरेपछि पार्टीबाट बाहिरिएको पाण्डेले स्ट्याटसमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्