Light Nepal

यसरी भएको रहेछ युवतीहरुलाई सिरिन्ज आक्रमण, भिडियो भयो सार्वजनिक (भिडियो हेर्नुस्)

काठमाडौं, १३ असार । काठमाडौंमा पछिल्लो समय युवतीहरुलाई सिरिन्ज आक्रमण गरेको घटनाले युवतीहरु त्रसित भएका छन् । प्रहरीले अनुसन्धानका क्रममा युवती माथि भएको सिरिन्ज आक्रमणको भिडियो पत्ता लगाएको छ । सिसिटिभी फुटेजमा सो दृष्य कैद भएको हो । प्रहरीले सिसिटिभी फुटेजका आधारमा आक्रमणकारी समेत पक्राउ गरेको छ ।

ढल्कुमा एक युवती माथि भएको आक्रमणको भिडियो सार्वजनिक भएको छ । प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरेसँगै घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको हो । जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी युवती माथि आक्रमण भएको भिडियोमा देख्न सकिन्छ । मोटरसाइकलमा आएका व्यक्तिले युवती माथि आक्रामण गरेर भागेको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

सिरिन्ज आक्रमण भएको आशंकामा उनलाई एचआईभीविरुद्धको औषधी र हेपाटाइटिसविरुद्धको भ्याक्सिन समेत दिइएको थियो । तर, कार्कीले भने ढलान काँटीले घोचेको दाबी गरेका छन् । ति युवती जस्तै अन्य थप पाँच युवतीलाई पनि आक्रमण भएपछि उनीहरुको उपचार भइरहेको छ । चिकित्सकले ति युवतीहरुलाई तीन महिना निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् । हेपाटाइटिस र एचआइभीको लक्ष्यण तिन महिना पछि मात्र देख्न सकिने भएकाले चिकित्सकले युवतीहरुलाई यस्तो सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्