Light Nepal

घरको दुई तलामाथि वाट खस्दै गरेकी दुई वर्षकी बालिकालाई यि युवाले यसरी बचाए (भिडियो हेर्नुस्)

एजेन्सी । एक जना ब्यक्ति बाटोमा त्यसै टहलीरहेका थिए । उनको दिमागले के सोच्यो कुन्नी सडकमा उभिएर सडक किनारमा ठडिएका अग्ला अग्ला घर हेर्न थाले । त्यही बेलामा एउटी दुई बर्षकी बालिका दुई तलाको वरण्डामा जोखिम अवस्थामा थिइन् । ति युवालाई लाग्यो बालिका कतै भुईमा त खस्दिनन् ? उनले केहीबेर ति बालिकाको कृयाकलाप हेरीरहे ।

नभन्दै ति बालिका दुईतलावाट खसीन् । तर ति युवक बालिकाका लागि भगवान बनेर प्रकट भए । उनले दुई तलाबाट खस्दै गरेकी बालिकालाई भुईमा खस्न नदिई समाते । यो घटना नेपालको भने होइन । टर्कीको इस्तानबुलमा भएको यो घटनामा एक १७ वर्षीय युवक दुई वर्षकी बालिकाको जिवन बने । ले दुई तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा समातेर उनको ज्यान बचाए ।

उनी त्यै उभिएर यताउता हेरिरहेको बेलामा माथी बाट बच्ची खस्दै देखेर उन्ले बिच्मै समातेका हुन। अल्जेरियाका फ्युजी जबात नाम गरेका ति युवाले नसमातेको भए ती बच्ची सडकमा बजारिन्थिन् र उनलाई जे पनि हुन सक्थ्यो। भिडियोमा हेर्नुहोस् ती युवकले कसरी बच्चीलाई बचाएका थिए ?

प्रतिक्रिया दिनुहोस्