Light Nepal

नेपालमै छ यस्तो ठाउँ जहाँ बाँदर र मानिस संगै डेटिगं जान्छन् (भिडियो हेर्नुस्)

काठमाडौं, १२ असार । मानिस र बाँदरको डेटिगं बस्ने एउटै स्थान छ भनेको सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । मानिसलाई मात्र होइन पशुलाई पनि माया प्रेमको खाँचो हुन्छ । काठमाडौं नजिक एउटा यस्तो स्थान छ जहाँ बाँदरहरु पनि डेटिगंमा बसेका हुन्छन् ।

एक अर्कालाई माया गरेर आलिंगनमा बाँधिएर बसेका बाँदरका जोडी देख्दा तपाई हामी सबैलाई अचम्म लाग्न सक्छ । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर नजिक स्लेशमान्तक बन छ । सो बन निकै रमणीय छ । सो रमणीय बातावरण बाँदरहरुले पनि रमाइरहेको देखिन्छ ।

मानिसले मानिसलाई दिएका अनेकथरी अमानविय यातना, हत्या, बलात्कार जस्ता घटना र बाँदरहरुबीच देखिएको यो प्रेमले हामीभन्दा पनि चेतनशिल प्राणी त कतै बाँदर त हैन ? भन्ने प्रश्न समेत मनमा आउन सक्छ । मानिसका पुर्खा बाँदर हुन् भनेर हामीले इतिहाँसमा पढेका थियौं । बाँदरले देखाएको कृयाकलापले पनि सो कुराको पुष्टि गर्छ । बाँदरहरुले पनि मानिसले जस्तै माया, प्रेम, स्नेह मित्रताको ब्यवहार देखाएको हुन्छ । बाँदरको त्यस्तो कृयाकलाप हेर्न कतै टाढा जानु पर्दैन पशुपतिनाथ मन्दिरको श्लेषमान्तक बनमा पुगे हुन्छ ।

अझ अचम्मको कुरा त के भने एकातिर बाँदरहरुको माया साटासाट देख्न सकिन्छ भने त्यहीँ नजिकै मानिसका युवा जोडी पनि प्रेममा लिप्त हुन्छन् । बाँदर र मानिसले माया साटासाट गर्ने संयुक्त स्थान बनेको छ श्लेष्मान्तक बन ।

प्रतिक्रिया दिनुहोस्