Light Nepal

अभिनेत्री कृति भट्टराईले गरिन् दोस्रो विवाह

काठमाडौं, ११ असार । अभिनेत्री कृति भट्टराईले दोस्रो विवाह गरेकी छन् । चलचित्र ‘विश्वास’, ‘उनको सम्झनामा’, ‘उपहार’ लगायतका फिल्ममा अभिनय गरेकी अभिनेत्री भट्टराई बुधवार विवाह बन्धनमा बाँधिएकी हुन् । उनले बुधवार रोहित पौडेलसँग हिन्दू परम्पराअनुसार लगनगाँठो कसेकी छन् ।

केही टेलिचलचित्रमा पनि काम गरेकी कृति पहिले सञ्चारकर्मी रवि श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । तर, पछि यी दुईको डिभोर्स भएको थियो । रोहित र कृतिको प्रेम विवाह रहेको जानकारी प्राप्त छ । रोहित पेशाले इन्जिनियर हुन् । विवाह समारोहमा दुलहा दुहली दुबै पक्षका परिवारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । कृति पछिल्लो समय काँचको पर्दाबाट टाढा छिन् । उनले राम्रो स्क्रिप्टबाट अफर नआएका कारण फिल्म नगरेको बताउँदै आएकी छन् ।

सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग डिभोर्स भएपछि उनी लामो समय एक्लो जीवन विताउँदै आएकी थिइन् । रविसँग उनको प्रेम र अन्तरजातीय विवाह भएको थियो । केही महिनायता कृति नयाँ बानेश्वर थापागाउँको अर्ग्यानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आइरहेकी छन् । उनी आरजे र भिजे समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्