Light Nepal

अघोरी बाबा फिल्म खेल्दै, ‘लगौँटी’का लागि आयो बाबालाई अफर (भिडियो हेर्नुस्)

काठमाडौं, १० असार । अहिले सामाजिक सञ्जाल र युट्युवमा निकै भाइरल भइरहेका अघोरी बाबाले आफ्नो नयाँ चाहना ब्यक्त गरेका छन् । अघोरी बाबा अब फिल्ममा खेल्न चाहन्छन् । सामाजिक सञ्जाल र युट्युवमा हिट भएपछि अघोरी बाबाले आफुलाई फिल्ममा अभिनय गर्ने चाहना भएको बताएका छन् ।
उनले तर त्यसका लागि जे पायो त्यही रोलमा भने अभिनय नगर्ने बताए ।

अरुले गरेको रोलमा म खेल्न चाहन्न, अहिले सम्म कसैले नगरेको रोल पाए म फिल्ममा खेल्छु । लगौटी भन्ने डकुमेन्ट्रीमा उनको पनि अभिनय भएको चर्चा चलेको विषयमा उनले त्यसको टिम आफुलाई अभिनय गर्नका लागि आग्रह गर्न आएको बताए । उनले लगौंटी को अर्थ लगाउँदै त्यसका लागि आफुलाई अफर आएको भने बताए ।

तर त्यसका लागि कस्तो भुमिकामा खेल्न भनिएको हो भन्ने कुराको बारेमा भने आफुलाई जानकारी नभएको बताए । आफुलाई कमेडिमा भने भुमिका गर्न मन नलाग्ने बताए । उनले स्कृप्ट नहेरी फिल्मका लागि आफु तयार नभएको प्रतिकृया दिए । मलाई मन पर्ने रोल भयो भने मात्र खेल्छु, नत्र खेल्दीन । अहिले आफ्ना धेरै पेसेन्ट भएकाले उनीहरुलाई समय दिनुपर्ने बताए ।

पछिल्लो समय आफुलाई भेट्न आउनेहरुको संख्या बढेको भन्दै त्यसका लागि आफुलाई समय म्यानेज गर्न समस्या भएको बताए । जडिबुटी खोज्न जान र बिरामीको उपचारका लागि शक्ति आर्जन गर्न समय चाहिएको बताए । मिडिया र सामाजिक सञ्जाल संचालकहरुलाई अब आफ्ना कुटीमा नआउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्