Light Nepal

सैफ अलि खानकी सासुलाई देखेपछि पुरुष गाउँ छोडेर भाग्थे, खाली हुन्थ्यो बस्ती

एजेन्सी । भारतमा जनसंख्या अत्याधिक भएका कारण विकास हुन नसकेको अड्कल काटेर तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका कान्छा छोरा संजय गान्धीले भारतमा एउटा अभियान चलाए । उनले जनसंख्या नियन्त्रण गर्ने एउटै उपाय देखे त्यो हो बन्ध्याकरण । सन् १९७५ देखि १९७७ सम्म भारतमा संकटकाल लगाइएको थियो । त्यति नै बेला भारतमा पुरुष बन्ध्याकरणको अभियान चलाइयो ।

संजयले रुखसाना सुल्तानालाई पुरानो दिल्लीका मुसलमानको बन्ध्याकरण गराउनका लागि राजी गराउने जिम्मा जिम्मा दिए । रुखसाना सैफकी सासु हुन् । संकटकालका बेला संजय गान्धीद्वारा चलाइएको बन्ध्याकरण अभियानका प्रमुख हिस्सा थिइन् रुखसाना सुल्ताना । बन्ध्याकरणको यो काम यति डरलाग्दो तरिकाले चलाइएको थियो कि रुखसानालाई देख्नेबित्तिकै मानिसहरु डराउँथे । उनी कुनै पनि बस्तीमा पुग्नेबित्तिकै पूरा गाउँ नै खाली हुन्थ्यो । पुरुषहरु गाउँ नै छोडेर हिड्थे । संजयको मान्यता थियो कि कुनै पनि देशको बढ्दो जनसंख्यालाई रोक्ने हो भने देशको तीब्र विकाश हुनेछ ।

त्यतिबेला बन्ध्याकरण जुन तरिकाले गर्न थालिएको थियो त्यसले पुरानो दिल्लीमा जागरुकताको साटो डर फैलाएको थियो । भारतीय मिडियाका अनुसार ६० वर्षका वृद्धदेखि १८ वर्षका जवानलाई समेत समातेर बन्ध्याकरण गराइन्थ्यो, यहाँसम्म कि नव विवाहित जोडीको पनि बन्ध्याकरण गरिन्थ्यो । जसका कारण त्यहाँका मानिसहरु रुखसाना सुल्तानालाई देख्ने बित्तिकै डराउने गर्दथे ।

संकटकालपछि भारतीय जनता पार्टीको सरकार आएपछि रुखसाना खासै चर्चित भइनन् । त्यसपछि उनीबारे खासै जानकारी छैन् । रुखसानाले शविन्दर सिंहसँग विवाह गरेकी थिइन् जो खुशवन्त सिंहका भतिजा थिए । बलिउड नायिका अमृता सिंह रुखसाना र शविन्दरकी छोरी हुन् । सुरुमा विनोद खन्नाको प्रेममा परेकी छोरी अमृता सिंहलाई रुखसानाले नै उनीहरुलाई प्रेमवाट छुटाइन् । पछि अमृताले आफूभन्दा १२ वर्ष कान्छा सेफ अली खानसंग प्रेम मात्र गरिनन् उनीहरुले विवह पनि गरे । यी दुइले सन् १९९१ मा विवाह पनि गरे । यद्यपि, पछि सन् २००४ मा दुईको सम्बन्धविच्छेद भयो ।

प्रतिक्रिया दिनुहोस्