Light Nepal

प्रियंकाले धोका दिएपछि आयुष्मानसंग भयो विछोड (भिडियो हेर्नुस्)

काठमाडौं, ९ असार । रियल लाइफमा एक अर्कासंग डेटमा रहेका आयुष्मान र प्रियंका एउटा म्युजिक भिडियोमा भने विछोडिएका छन् । प्रियंकाले इन्गेजमेन्ट औंठी लाइसकेका आयुष्मानलाई धोका दिएकी छन् । गायक मोहन राईको गीत ‘मायाको खेल, आँसुको भेल’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीच विछोड भएको देखाएएको छ ।

दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाबीचको प्रेमपीडा फिचर गरिएको छ । म्युजिक भिडियोमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन्।बाटोमा लिफ्ट माग्ने क्रममा भेटिएकी प्रियंकालाई आयुष्मान उनको मायामा पागल हुन्छन् । पेसाले चित्रकार यिनले प्रियंकाको पेपर र पेन्सिल माध्यमबाट मुहारचित्र उतार्नेदेखि डान्स बारको नृत्यांगनासम्ममा प्रियंकाकै अनुहार देख्न थाल्छन्।

जब आयुष्मानले प्रेम प्रस्ताव राख्छन्, प्रियंका बिच्किन्छिन्। यसपछि आयुष्मानले प्रियंकाको तस्बिर जलाउँछन्। थुप्रै छोटो फिल्म निर्देशक गरिसकेका र थुप्रै फिल्ममा मुख्य सहायक निर्देशनको भूमिका गरिसकेका महर्जनले म्युजिक भिडियोलाई कथानक रूपमा ढालेका छन्। पात्रहरूको बीचको तनाव सिर्जना गर्न उनी सफल छन्। म्युजिक भिडियो हेरिरहँदा पनि लघु फिल्मको झल्को मिल्छ।

प्रतिक्रिया दिनुहोस्