Light Nepal

जनकपुरमा ८ वटा सिलिण्डर विस्फोट, तीन वटा होटल जलेर नष्ट

जनकपुरधाम, ५ असार । जनकपुरमा बिहीबार बिहानै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोट पनि भएको आगलागीले तीनवटा होटल जलेर नष्ट भएका छन् । जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो। आगलागी पछि होटलमा राखिएको ८ वटा ग्यास सिलिन्डर विस्फोट भएको हो । ग्यास विस्फोट भएपछि आगलागी तिब्र रुप्मा फैलिएको थियो ।

गोविन्द मिस्ठान्न भण्डार, सियाराम मिस्ठान्न भण्डार र सँगै रहेको एक होटेल आगलागीले नष्ट भएको हो । ‘होटेलको फ्रिजमा विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको हो ।

जनकपुर, महेन्द्रनगरबाट आएको दमकलको सहयोगले तीन घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो। समयमै घटनामा प्रहरी पुगेकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ। तीन होटल जल्दा ३२ लाखको क्षति भएको प्रहरीको अनुमान छ। तस्बिर अन्नपुर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्