Light Nepal

डा. पति पत्नीबीच दाइजो काण्ड : पत्रकार सम्मेलनमै डा. निलमले श्रीमानको गलामा सल बेरेर तानिन्

वीरगन्ज, ५ असार । दाइजो नपाएको निहुँमा श्रीमतीलाई यातना दिएको आरोप लागेका डा राजेश साहलाई श्रीमती डा निलम साहले बुधबार पत्रकार सम्मेलनमै दुब्र्यवहार गरेकी छन् । उनले डा साहले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवेश गरेर गाली गलौज र दुर्व्यवहार गरेकी हुन् । गत आइतबार निलमले पत्रकार सम्मेलन गरेर दाइजोको निहुँमा आफ्ना श्रीमान् राजेशसहित सासू र ससुराले यातना दिएर घरबाट निकाल्ने प्रयास गरेको आरोप लगाए पछि त्यसको जवाफ दिन उनका पतिले पनि पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

सञ्चारमाध्यममा निलमले झुठा प्रचार गरेर आफूलाई बदनाम गरेको भन्दै बुधबार राजेशले आफ्ना कुरा राख्न पत्रकार सम्मेलन गरेका थिए। नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै प्रवेश गरिन् । उनले राजेशलाई गाली गलौज गर्दै बोल्न समेत दिइनन् । बोल्न खोज्दा निलमले राजेशलाई पटकपटक तानेपछि दुवैबीच घम्साघम्सी परेको थियो।उनीहरुको घम्साघम्सीले पत्रकार सम्मेलनस्थल नै केहीबेर तनावग्रस्त बनेको थियो।

पत्रकारले राजेशलाई कुरा राख्न दिन निलमलाई पटकपटक आग्रह गर्दा पनि आफ्नो सल श्रीमानको गलामा बेरेर लछारपछार पार्ने प्रयास गरेकी थिइन्।निलमले जबरजस्ती गरेपछि करिब आधा घण्टासम्म पत्रकार सम्मेलन तनावग्रस्त बनेको थियो।

अन्नपुर्णपोष्टमा क्रान्ति शाहले समाचार लेखेका छन् । चीनबाट एमडीको अध्ययन सकाएर नेपाल फर्किएपछि थप अध्ययनका लागि राजेश न्युजिल्यान्ड गए।अहिले पनि उनी त्यही अध्ययनरत छन्। न्युजिल्याण्ड गएको र अहिले पनि आफू त्यही अध्ययनरत रहेको राजेशले जानकारी गराए।‘म न्युजिल्याण्डमै रहेका बेला निलमले आफू घरेलु हिंसामा परेको।घरबाट निकालिएको झुठा उजुरी प्रहरीमा दिएको थाहा पाएपछि अध्ययन छोडेर नेपाल आएँ’, राजेशले भने, ‘घरमा निलमले बुबाआमालाई गाली गलौज गर्दै दुःख दिन थालेपछि गत माघ ९ गते मालपोतमा आफ्नो अशंको जग्गा लिएर छुट्टै बस्दै आएको छु ।’

प्रतिक्रिया दिनुहोस्