Light Nepal

गोताखोरले पनि भेटेन कर्णालीमा बेपत्ता जीप

सिमकोट, ५ असार । कर्णालीमा जिप खसेर बेपत्ता भएका गाउँपालिकाका उपाध्यक्ष सहित १० जनालाई तीन दिन देखि खाजि गर्दा पनि फेला पार्न सकिएको छैन । गोताखोरको समुहले दुर्घटनाग्रस्त जिप सहित बेपत्ता मानिसहरुको खोजि गरिरहेको छ । खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपलाई कुरिनटारबाट आएको गोताखोरको टोलीले फेला पार्न नसकेको हो । मंगलबार दुर्घटना भएको जिप र बेपत्ता यात्रु खोज्न गोताखोरको टोली घटनास्थलमा पुगेको थियो।

विपत व्यवस्थापन शिक्षालय कुरिनटारका प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वको टोलीले बुधबर दिनभर खोजी गर्दा पनि जीप र यात्रु नभेटिएको हो।कुरिनटारबाट काठमाडौं हुँदै सुर्खेतबाट सेनाको हेलिकप्टरमा पुगेको गोताखोर टोली घटनास्थलमा पुगेर खोजि जारी राखेको छ । घटनास्थल वरपर खोजीकार्यमा संलग्न जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले गरेको अपेक्षा अनुसार गोताखोर टोलीले सफलता प्राप्त गर्न सकेको छैन ।

जीपमा चढेका यात्रुको संख्या अझैसम्म यकिन भएको छैन। गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत ११ जनाको भने पहिचान खुलेको छ। लामो समयसम्म केही प्रमाण फेला नपर्दा निरासा छाएको खार्पुनाथ ५ का वडाध्यक्ष भीमराज शाहीको भनाइ छ। नदीमा पानीको बहाब बढ्दै जाँदा खोजीकार्य सफल हुन नसकेको निष्कर्ष गोताखोर टोलीको छ।

प्रतिक्रिया दिनुहोस्