Light Nepal

सावधान युवती ! काठमाडौंमा बाटोमा हिडिरहेको युवतीलाई हेपाटाइटिस र एचआइभीको सिरिन्ज आक्रमण ! चारजना युवतीको उपचार गरिरहेका चिकित्सकले दिए यस्तो सुझाव (भिडियो हेर्नुस्)

काठमाडौं, ४ असार । काठमाडौंको डल्लुतिर मोटरसाइकलमा स्पीडमा आउने र युवतीहरुलाई सिरिन्जले आक्रमण गरेर जाने युवकको गिरोह सकृय भएको खबर बाहिरीएपछि युवतीहरु त्रसित भएका छन् । यस्तो आक्रमणको शिकार भएका चारजना युवतीको अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । एचआइभी, हेपाटाइटिस बी लगायतका सिरीन्जले आक्रमण गरेको हुनसक्ने आशंका गरेर उनीहरुलाई चिकिन्सकको निगरानीमा उपचार भइरहेको छ । आफुले चार जना युवतीहरुको उपचार गराइरहेको चिकित्सकले बताएका छन् ।

चिकित्सकले निकै सार्प चिजले आक्रमण गरेको हुनसक्ने चिकित्सकले बताएका छन् । पहिलो पटक युवती आउँदा खासै शँका नलागेपनि पछि सोही प्रकृतिको अरु युवतीहरु पनि उपचारका लागि आएपछि भने चिकित्सक पनि सशंकित भए ।

चिकित्सकहरुले एचआइभीको प्रोफाइल हेर्ने खालको उपचार सुरु गरेका छन्, त्यस्तै हेपाटाइटिस बि र सी को परिक्षणको काम सुरु गरीएको चिकित्सकले बताएका छन् । चिकित्सकले त्यसरी आक्रमण गर्नेहरुको मनसाय बुझ्न नसकेको चिकित्सकले बताएका छन् । चोरी समेत नगर्ने अन्य आक्रमण पनि नगर्ने तर के चिजले घोँचेको हो भन्ने पनि चिकित्सकले निक्र्यौल गर्न सकेका छैनन् । तर चिकित्सकले सिरिन्ज भने प्रयोग नभएको हुन सक्ने बताएका छन् । मोटरसाइलमा स्पीडमा आएर सिरीन्जले हान्न नसकिने चिकित्सकको भनाई छ । सिरिन्जले टाढाबाट त्यसरी हान्दा सिरिन्ज भाँचिन सक्ने चिकित्सकको भनाई छ । तर एचआइभी वा हेपाटाइटिस बी र सी लक्ष्यण तत्काल नदेखिने भएकाले तीन महिना चिकित्सकको निगरानीमा बस्नुपर्ने चिकित्सकको राय छ ।

प्रतिक्रिया दिनुहोस्