Light Nepal

अघोरी बाबाले भने: ‘अब म अन्तरवार्ता दिन्न, मलाई भेट्ने भए क्यामेरा बन्द गरेर आउ’, के भएछ त्यस्तो ? (भिडियो हेर्नुस्)

काठमाडौं, ३ असार । सामाजिक सञ्जाल र युट्युव च्यानलहरुमा भाइरल भएका अघोरी बाबाले अब मिडियामा अन्तरवार्ता नदिने भएका छन् । उनले एउटा युट्युव च्यानलमा अन्तरवार्ता दिँदै यो नै आफ्नो अन्तिम अन्तरवार्ता भएको बताएका छन् । आफुकहाँ उपचारका लागि आएका बिरामीको स्वास्थ्यलाई लिएर यस्तो निर्णय गर्नुपरेको उनले बताएका छन् । धेरै समय यता युट्युवमा छाइरहेका अघोरी बाबाले भने, पृय मिडियाकर्मी साथीहरु अब अन्तरवार्ता लिन भनेर कृपया मेरो दैलोमा नआइदिनुहोला । उनले युट्युव च्यानलहरुले आफ्नो अन्तरवार्ता लिएर जे पायो त्यही हेडलाइन राखेर प्रशारण गर्ने गरेको बताए ।

आफ्नो आश्रममा अहिले सम्म शौचालयको ब्यवस्था नभएकाले भेट्न आउनेहरुलाई समस्या हुने गरेको बताए । शौचालयका लागि आफुले सरकारसंग सहयोग माग्न नसक्ने उनले बताए । केही सहयोगी युवाहरु शौचालय निर्माणका लागि सहयोग जुटाउन लागेको बताए । भिडियाकर्मी आइरहँदा उपचारका लागि आउनेहरुका लागि शक्ति प्राप्त गर्ने समय नभएको हुँदा अब मिडियाकर्मी भेट्न नसक्ने उनको भनाई छ । उनले उपचारका लागि जडिबुटी समेत खोज्न जान नपाएको बताए । उनले भने, मिडिया भाइहरुले पनि जथाभावी गर्ने, जे पायो त्यही हेडलाइन् राख्ने । अब मेरो अतित खोज्न गएर मिडियाकर्मीले के पाउँछन् ?

प्रतिक्रिया दिनुहोस्