Light Nepal

सरकारले थेग्न सकेन दवाव, गुठी विधेयक फिर्ता

काठमाडौं, ३ असार । चौतर्फी बिरोध भएपछि सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । माइतीघर मण्डलामा दिनहुँ भएका विरोध प्रदर्शन र आफ्नै पार्टीका सांसदहरुले समेत समर्थन नगरेपछि सरकार फिर्ता लिन बाध्य भएको हो ।

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्