Light Nepal

अघोरी बाबासंग के छ त्यस्तो सबै समस्याको ‘लक’ खोल्ने अचम्मको शक्ति छ , खोले रहस्य (भिडियो हेर्नुस्)

काठमाडौं, ३ असार । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका अघोरी बाबालाई भेट्न पुगेकाहरुले आफुसंग अरुको समस्या समाधान गर्ने अचम्मको लक भएको बताएका छन् । उनले एउटा युट्युव च्यानलमा कुरा गर्दै आफुसंग अशक्त, बिरामीहरुको रोग निको पार्न आफुसंग अचम्मको लक भएको दावी गरेका छन् । उनको आश्रममा पुग्नेहरुको निकै ठूलो भिड लाग्ने गरेको छ ।

औषधी उपचार गर्न र आफ्नो भविष्यका बारेमा जानकारी सोध्न अघोरी बाबाको आश्रममा पुग्ने गरेका छन् । सोमवार युट्युव च्यानलको टिम साँझ ७ वजे उनको आश्रममा पुग्दा उनलाई भेट्न पाउनेहरुको निकै ठूलो भिड थियो । पछिल्लो समयमा युट्युव च्यानल उनको अन्तरवार्ता हेरेर भेट्न पुग्नेको पनि ठूलो संख्या छ । पहिला बिन्दास हिड्थे अहिले मलाई भेट्न धेरै आउँछन् उनीहरुसंग भलाकुसारी गर्दै समय बित्छ उनले भने, अहिले शान्त वातावरणमा बस्न पाउँदिन । उनले आफुलाई विश्वास गरेर समर्थक भेट्न आएकोमा भने खुसी ब्यक्त गरे ।

उनले औषधी उपचारका लागि आफु जडिबुटीको अध्ययन गर्न आश्रम बाहिर हिड्नुपर्ने बताए । मेरो अनुभव र जडिबुटी सम्बन्धि अध्ययनले रोगको उपचार गर्छु उनले भने, त्यसका लागि आश्रम छोडेर हिड्नुपर्छ । उनले सबै रोगको उपचारको लागि जडिबुटी उपयोगी हुने बताए । उनले नेपालमा यस्ता शक्तिशाली जडिबुटी भएको भएपनि त्यसको उपयोग नभएको बताए । उनले जडिबुटीको पहिलो उपयोग पहिला आफ्नै शरिरमा गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्