Light Nepal

अघोरी बाबाको यस्ता फ्यान जसले उनका लागि ज्यान दिन तयार छन् : कुरा सुन्नुस् रमाइलो लाग्छ (भिडियो हेर्नुस्)

काठमाडौं, २ असार । एक जना अघोरी बाबा अहिले सामाजिक सञ्जालमा निकै भाइरल छन् । उनले फेस रिडर अर्जुन क्षेत्री देखि भविष्यवाणी गरेर जनमानसमा आतंक सिर्जना गर्नेहरुलाई निकै कडा शब्दमा विरोध गर्छन ।

साथै उनको बोल्ने शैलीका कारण पनि उनी सामाजिक सञ्जालमा भाइरल भएका छन् । निकै बिन्दास मानिने ति बाबाले भनेका हरेक कुरा अहिले सामाजिक सञ्जालमा निकै रुचाएर हेरिन्छ । त्यसैगरी सामाजिक सञ्जाल युट्युवमा बाबाको अन्तरवार्ता र कृयाकलाप हेरेर फ्यान भएका एक युवा उनको आश्रममा भेटिए । उनी हुन् काठमाडौं जमलका रवि श्रेष्ठ । साँझ ७ वजे सम्म पनि बाबाको आश्रममा आएको भिड देखेर उनी झन आश्चर्य चकित भए ।

दुई हप्ता अघि उनले युटुयुवमा बाबाको अन्तरवार्ता हेरे त्यसपछि उनलाई यति प्रभाव पर्यो की उनी साथीलाई लिएर बाबाको आश्रम पुगेका थिए । बाबाको बारेमा मिडियाले दिएका नकारात्मक कुराहरु प्रति उनले आक्रोश ब्यक्त गरे । उनले सबैको सपोर्ट पाएका कारण भाइरल भएका बाबाका बारेमा अनावश्यक प्रश्न सोध्ने युटुयुव च्यानलहरु प्रति उनको आक्रोश थियो । उनले सबै कुरा त्यागेर बसेका बाबालाई उनको प्रेम जिवन, यौन जिवनका बारेमा प्रश्न सोधेको भनेर उनी निकै
रिसाए ।

प्रतिक्रिया दिनुहोस्