Light Nepal

एसएसबी र भारतीय भन्सार कार्यालयका कर्मचारीको लफडाले नेपाल भारत सिमानाको जोगबनी नाका ठप्प, नेपाल भित्रने सैयौं मालवाहक गाडी भारतमै अलपत्र स्वतन्त्र

विराटनगर, ३० जेठ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भन्सारका एजेन्टबीचको विवादका कारण विराटनगर स्थित नेपाल भारत सिमानाको जोगवनी नाका ठप्प भएको छ।

एसएसबीले कुटपिट गरेको भन्दै मालवस्तु जाँचपासमा असहयोग गरेर भारतीय भन्सार एजेन्ट आन्दोलित भए पछि नाका ठप्प भएको हो । जसका कारण नेपाल र भारत तर्फका नागरिक प्रभावित भएका छन् । एजेन्टको सनकले नाका ठप्प भएपछि भारत तथा तेस्रो मुलुकबाट माल सामान बोकेर नेपाल भित्रने सयौं मालबाहक सवारी भारतमै रोकिएका छन्।

मालबाहक सवारी भारतमै रोकिएपछि विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित भएको छ । विहिवार विहानै देखि भारतवाट कुनै पनि मालवाहक गाडी नेपाल प्रवेश गर्न पाएका छैनन् ।

एसएसबीले जोगवनी बजार क्षेत्रमा नेपाल फर्कने खाली गाडी समेत रोकेको छ । खाली गाडीका कारण उक्त क्षेत्रमा जाम भएको भन्दै रोक लगाएको बताएको छ। एसएसबीले नेपालबाट फर्कने खाली गाडीलाई जोगवनीको बाटो प्रयोग गर्न नदिएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस्