Light Nepal

ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटियो, विरामीको मृत्यु

काठमाडौं, ३० जेठ । चावहिलस्थित ओम अस्पतालमा चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै आफन्तले गरेको प्रदर्शनका कारण अस्पताल तनावग्रस्त भएको छ । पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएका छन् । अस्पतालमा आफन्तले नारावाजी गरेका छन् ।

पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेको आफन्तहरुको आरोप छ । पित्त थैलीको अप्रेसन गर्न अस्पताल गएका उनीहरू भर्ना भएर अप्रेसन भएको थियो । यस अघि पनि ओम अस्पतालमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै २ पटक आफन्तले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्