Light Nepal

चट्यांङले आगलागी : ३९ घरधुरी जले, एक किशोरी गम्भिर घाइते

नेपालगन्ज, २९ जेठ । हावाहुरीसंगै परेको चट्यांङले आगलागी हुँदा बाँकेको डुडुवा गाउँपालिका–१ छोट्की चौफेरीमा बुधबार ३९ घर–टहरा जलेर नष्ट भएका छन् । सँधै आगलागीको चपेटामा पर्ने राप्ती नदि पारीका ति गाउँ यो वर्ष भने वर्षा नजिक आएकै समयमा फेरी आगलागीमा परेको छ ।

दिउसो रामखेलाउन यादवको घरमा परेको चट्याङबाट आगलागी सुरु भएको बाँकेका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । चट्याङ लागेर यादवकी १६ वर्षीया छोरी नन्कु गम्भीर घाइते भएकी छिन ।

फुसले छाएका घर र तीब्रगतिमा चलेको हावाहुरीका कारण आगो निकै छिटौ फेलीएको थियो । जसका कारण छोट्की चौफेरीका सबै घरगोठ जलेका छन् । आगलागीबाट मानविय क्षती नभएपनि अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर नष्ट भएको डीएसपी सापकोटाले जानकारी दिए ।

आगलागीबाट करिव ४० लाख बराबरको नोक्सानी भएको प्रारम्भिक तथ्याकं प्रहरीले निकालेको छ । सबै घरगोठ जलेपछि आगो आफै नियन्त्रणमा आएको स्थानीयले बताए । यसैगरी सोही समयमा बाँके खजुरा गाउपालिका वडा नं। ६ सिमलघारीमा स्थानीय गोरख विकको घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ । स्थानीय, प्रहरी र नेपालगञ्ज उप–महानगरको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्