Light Nepal

हजारौं विदेश पढ्न जान चाहने विद्यार्थी प्रभावित, नो अब्जेक्सन लेटर नदिने

काठमाडौं, २९ जेठ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले डिप्लोमा कोर्स गर्न जान चाहने विद्यार्थीले अब नो अप्जेक्सन लेटर नपाउने भएका छन् । विभिन्न सीपमुलक तालिमका लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर( एनओसी) नदिने निर्णय भएसंगै धेरै विद्यार्थी प्रभावित हुने भएका छन् ।

मंगलबार साँझ भएको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अब सिधै विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीका लागि मात्र यस्तो पत्र दिइने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलका स्वकीय सचिव पुरन केसीका अनुसार अबदेखि विश्वविद्यालयमा भर्ना हुने सुनिश्चतता भएका विद्यार्थीलाई मात्र त्यस्तो पत्रको आधारमा नो अब्जेक्सन लेटर दिइनेछ।

मन्त्रालयको यो निर्णयबाट उच्च शिक्षाको लागि विदेश जाने योजना बनाएका थुप्रै विद्यार्थी प्रभावित हुनेछन्। यसअघि कक्षा १२ को परीक्षामा उच्च अंक ल्याएका तथा विदेशी भाषा परीक्षण सम्बन्धी परीक्षा (विशेषगरी आइएलटीएस) मा न्यून अंक ल्याएका विद्यार्थी पनि डिप्लोमा कोर्समा भर्ना भएर विदेश जाने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्