Light Nepal

विप्लव समुहले भन्यो : ‘वडा कार्यालयमा हामीले आगो लगायौं’

जाजरकोट, २९ जेठ । जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा भएको आगजनीको जिम्मा लिएको छ । आगलागीवाट कार्यालयका कागजात, फर्निचर तथा प्राविधिक सामाग्री जलेर नष्ट भएको थियो । सो घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ।

नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले आगजनीको जिम्मेवारी लिएका हुन्। उनले पार्टीकै निर्देशनमा वडा कार्यालयमा आगजनी गरिएको बताए ।

मंगलबार राति विप्लवको पार्टीको एक समूहले कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए। कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर कार्यालयका कागजात, क्यामेरा, कम्प्युटर, सोफा, टेवल, मोबाइल, दराज र कुर्सीमा आगजनी गरेका थिए।

वडा नम्बर १० का वडाध्यक्ष भद्रबहादुर ध्यार पनि नैतिक पतन, भष्ट र कमिशनखोर भएकाले पहिलो चरणको कारबाही स्वरुप सामग्री जलाइएको उनले बताए।‘ नेकपाका कार्यकर्ताले जाजरकोटका जनप्रतिनिधि वडाध्यक्षदेखि अध्यक्ष मेयर सम्मलाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्म तोकेरै चन्दा मागेका छन्। मोटो रकम मागेपछि जनप्रतिनिधि चिन्तित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्