Light Nepal

इटहरीका उपमेयर गौतमले खुलाइन् रहस्य: यसकारण मेयर चौधरीले पत्रकार लोपारे (भिडियो हेर्नुस्)

काठमाडौं, २९ जेठ । इटहरीका मेयर द्धारीकालाल चौधरीले पत्रकारलाई दिएको अभिब्यक्तिका कारण उनी निकै चर्चामा रहे । उनले पत्रकारलाई नाकको डाँडी भाँच्न एक करोड रुपैया छुट्याएको छु भनेर मोवाइलमा धम्क्याएपछि सो अडियो सार्वजनिक भयो । यस अघि पनि उनले पत्रकारलाई लोपारेका कारण विवादित भएका थिए ।

भिडियोमा पत्रकारलाई लोपारेको देखिएपनि त्यो भन्दा अगाडी भएका घटनाक्रमले मेयर उत्तेजित भएको उपमेयर लक्ष्मी गौतमले बताएकी छन् । भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलता अभियान सुरु गरेका इटहरी उपमहानगरपालिकाका मेयर चौधरीलाई उनी मेयर निर्वाचित हुनु अघि भएको भ्रष्टाचारको घटनामा मुछेर पत्रकारहरुले समेत उत्तेजित पार्ने ढँगले प्रश्न गरेका कारण त्यस्तो अभिब्यक्ति आएको उनको भनाई छ ।

सडक बत्ती वितरण गर्ने क्रममा भ्रष्टाचार भएको र त्यसमा मेयर, उपमेयर लगायतको नाम जोडेर समाचार आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग आकर्षित भएको थियो । सडक बत्ती वितरण गर्ने निर्णय स्थानिय तहको निर्वाचन हुनु अगाडीकै भएका कारण उनी लगायत सबैलाई सफाई दियो । तर सोही घटनालाई जोडेर पछि पनि पत्रकारले उत्तेजित पार्ने गरेका कारण यस्तो अभिब्यक्ति आएको उपमेयरले बताइन् । त्यो दिन मेयर चौधरीको ब्लड प्रेसर समेत बढेको उनले खुलासा
गरिन् । पत्रकारले इरिटेड गरेका कारण मेयरको ब्लड प्रेसर समेत बढेको थियो, उपमेयर गौतमले भनिन्, १४० भन्दा माथि पुगेको थियो । त्यसैले पनि उत्तेजित
हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्