Light Nepal

अपडेट : पोखरामा प्रहरीको गोली लागेर लागूऔषध कारोवारी घाइते, एक प्रहरीको पनि उपचार हुँदै

पोखरा, २९ जेठ । लागूऔषध कारोबारी पक्रँदा प्रहरीले पोखरा गोली चलाएको छ । लागूऔषध कारोबारी गोविन्द थापा ‘जोन’लाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । बुधबार बिहान साढे ११ बजेतिर ती कारोबारी थापाको खुट्टामा गोली लागेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उत्तम चोकको एउटा रेस्टुरेन्टमा रहेका ती कारोबारीको प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन् । उनको पार्कल्यान्ड अस्पताल अमरसिंह चोकमा उपचार भइरहेको छ।

रेस्टुरेन्टमा लागूऔषध कारोबारी बसिरहेको थाहा पाएर प्रहरी पुगेको थियो । प्रहरी आएको देखेर ती कारोबारी चिपर्ट दाउराले प्रहरीमाथि प्रहार गरी भागेपछि प्रहरीले गोली चलाउँदा खुट्टामा गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस्